citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवालीलाइ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो। ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।

ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्ञवालीको बढुवासँगै अब बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा भुपेन्द्र पाण्डे मात्र रहेका छन् ।

ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर बाहिरिए पछि शुरूमा ज्ञवालीले नायब महाप्रबन्धक पदमा नबिल बैंकमा नियुक्ति लिएका थिए।

२०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए। नायब महाप्रबन्धक पदमा नियुक्त भएको करिब १४ महिना पछि २०७८ कात्तिक १ गतेदेखि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए ।

चार्टर्ड अकाउण्टेण्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा सार्वजनिकरूपमा नै स्पष्ट दृष्टीकोण व्यक्त गर्न रूची राख्छन् ।

उनीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ

IME Life
kumari