sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

श्री रिद्धि सिद्धि ज्वेलर्स ले दसैँको अवसरमा ‘ज्यालामा छुट धमाका’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजधानीको विशाल बजारमा रहेको श्री रिद्धि सिद्धि ज्वेलर्स ले दसैँको अवसरमा ‘ज्यालामा छुट धमाका’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको रिद्धि सिद्धिले अब ५।९९ प्रतिशत ज्यालामै सुनका गहना बिक्री गर्ने घोषणा गरेको हो ।

सुन चाँदी व्यवसायीहरूको तीव्र विरोधका बीच रिद्धि सिद्धिले पहिलो पकटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो । अहिले आएर दसैँको मुखमा रिद्धि सिद्धिले थप सहुलियत दिएको हो ।

रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार आजदेखि असोज २४ गतेसम्म यो अफर लागू हुनेछ ।

यो अवधिमा उपभोक्ताहरूले बढी भन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिलेको बताए । विशालबजारस्थित पसल नम्बर १ र १० मा श्री रिद्धि सिद्धि ज्वेलर्स रहेको छ ।

prabhu bank
nawakantipur long