stcnepal long ad
himalayan life insurance long ad

आज नेपाली बजारमा सुनको मूल्य घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ घटेको हो । हिजो (आईतबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी पाँच रुपैयाँ घटेको हो ।