stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

१२ हजारमै ‘टेक्नो स्पार्क गो वान’ स्मार्टफोन नेपाली बजारमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्टाइलिस स्मार्टफोन ब्रान्ड टेक्नोको टेक्नो स्पार्क गो वान नेपाली बजारमा आएको छ । नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार दाबी गरिएको उक्त फोन ११ हजार ९९० रुपैयाँको टेक्नो स्पार्क गो वान बजारमा पाइने भएको हो । ग्राहकले आफ्नो न्यूनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्नसक्ने कम्पनीले जनाएको छ ।

जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेसदर, लाइटनिङ(फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्‍याम रहेको छ ।

बुमिङ, क्रिस्टल क्लियर अडियोका लागि डीटीएससहितको डुअल स्टेरियो स्पिकरसहितको स्पार्क गो वानले तपाईंलाई सधैं खेलमा एक कदम अगाडि राख्ने कम्पनीको दाबी छ ।

५० भन्दा बढी सेवा केन्द्र भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको कम्पनीले जनाएको छ ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, ‘फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । यो एउटा यस्तो स्मार्टफोन हो, जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ ।’

स्पार्क गो वान फोनका विशेषताहरू

टेक्नो स्पार्क गो वानले स्मार्टफोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्छ । जसले चार वर्षभन्दा बढीको सहज र निरन्तर कार्यसम्पादन प्रदान आएको छ ।

सेगमेन्ट १ देखि १२० हर्ट्ज रिफ्रेस रेट डिस्प्लेका साथ, टेक्नो स्पार्क गो १ ले अल्ट्रा स्मुथ स्क्रोलिङ र सिमलेस मिडिया अनुभव प्रदान गर्नेछ ।

टेक्नो स्पार्क गो वानले ८ जीबी र १२८ जीबीसम्मको लागि ११ हजार ९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ ।

टेक्नो  स्पार्क गो वन कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रिन गरी तीन रङ्गमा मोबाइल बजारमा आएको छ । ३ वटा भेरियन्टमा आएको यो फोनको ३ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य ११ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ ।

६४ जीबी स्टोरेज भेरियन्टका लागि १२ हजार ६९० र १२८ जीबीका लागि १३ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ ।

कम्पनीले फोनमा १०० दिनसम्मको रिप्लेसमेन्ट ग्यारेन्टी र १३ महिनाको वारेन्टी पनि उपलब्ध गराएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari