आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०५ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५।८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ ।