sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि (realme GT 6T) नेपाली बजारमा आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि (realme GT 6T) नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ ।

टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

यो फोन पर्फर्मेन्सको पावर हाउस मात्र नभएर सोफिस्टिकेसनको स्टेटमेन्ट पनि हो । स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्यागशिप चिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ ।

यो अहिले सम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो । त्यस्तै ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ । यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोन मध्य सबैभन्दा धेरै डिस्प्ले हो ।

साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ ।

यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिसाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।

रियलमी जिटि सिक्स टि नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा हिजोदेखि साउन ५ गते सम्म प्रिबुकिङका लागि उपलब्ध छ । साथै यो अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा रु ५,४९९ मूल्यको रियलमी बड्स टि ३०० प्राप्त गर्नेछन् ।

gold
prabhu bank
nawakantipur long