कोका–कोलाको “कोका–कोला महोत्सव”
काठमाडौं । कोका–कोलाले “कोका–कोला महोत्सव” नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ ।
यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरु संग निःशूल्क कोक प्राप्त गर्न सक्नेछन् ।
कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको “कोका–कोला महोत्सव” बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।