citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुन–चाँदी दुवैको भाउ बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अघिल्लो दिन तोलामा २७ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ६० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२७ डलरमा र चाँदी प्रतिऔंस २७।४३ डलरमा कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long