citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सामसङ एस २४ अल्ट्राको नयाँ कलर भेरियन्ट नेपाली बजारमा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली बजारमा सामसङ एस २४ अल्ट्राको नयाँ कलर भेरियन्ट आएको छ । कम्पनीले हालै टाइटानियम एल्लो कलरको (१२ं५१२ जीबी) मोडेल विस्तार गरेको हो ।

कम्पनीले एस २४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरिएको छ ।

यो मोडेलमा गेम खेल्ने प्रयोगकर्ताका लागि अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भएको कम्पनीको भनाइ छ ।

६.८ इन्चको डिस्प्ले सहित फ्ल्याट स्क्रिनमा उपलब्ध यो मोडेल (१२ं५१२ जीबी) को नेपाली बजारमा मूल्य मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

एप्पलको आईफोन १५ जस्तै यो सिरिजको फोन टाइटानियम धातुले बनेको छ । एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस २४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । विशेषगरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसन जस्ता सुविधा यसमा छन् ।

ग्राहकले टाइटानियम एल्लो कलर भेरियन्टको ग्यालेक्सी एस२४ अल्ट्रा खरिद गर्दा ३२९९ मूल्य पर्ने पहेँलो सिलिकन केस निःशुल्क पाउनेछन् । यो अफर ३१ मे २०२४ सम्म मान्य हुनेछ ।

साथै सामसङको इन्स्टा फाइनान्स सेवा अन्तर्गत देशभरका आधिकारिक स्टोरहरूबाट शुन्य प्रतिशत ब्याज दरमा किस्ताबन्दीमा फोन किन्न सकिने सुविधा पनि छ ।

himalayan life insurance
igi long