stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एक वर्षमै डाबर नेपाल लिमिटेडले साढे १३ अर्बको व्यापार

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । डाबर नेपाल प्राइभेट लिमिटेडले एक वर्षमा १३ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको हो ।

कम्पनीले गरेको ब्यापार गत वर्ष भन्दा ४।५८ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले १३ अर्ब १ करोड ८ लाख रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको देखिन्छ ।

यस कम्पनीले ६६ करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ । डाबर नेपाल नेपालको अग्रणी कम्पनीहरू मध्ये एक हो ।

डाबर इन्डिया लिमिटेडको १३० वर्षको गुणस्तर र अनुभवको विरासतमा निर्माण गर्दै, डाबर आजको सबैभन्दा भरपर्दो नाम र विश्वको सबैभन्दा ठूलो आयुर्वेदिक र प्राकृतिक स्वास्थ्य सेवा कम्पनी हो ।

prabhu mahalaxmi
kumari