macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन डिष्टिलरीको उत्पादन बिक्रीसँगै नाफा पनि घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको उत्पादन बिक्रीसँगै खुद नाफा पनि घटेको छ । यसअवधिमा खुद नाफा ४४.३८ प्रतिशतले घटेर १६ करोड ३६ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले २९ करोड ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी २६.१५ प्रतिशतले घटेर ९५ करोड ५९ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएकाले त्यसको असर मदिरा व्यवसायमा पनि परेको कम्पनीको भनाइ छ ।

साथै, इन्धन लगायतका अन्य कच्च पदार्थहरुको उच्च मूल्य वृद्धिको कारण उत्पादन लागत बढ्दा नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसाले घटेर १२ रुपैयाँ २५ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ०२ पैसा छ । चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँ छ ।

 

himalayan life insurance
igi long
NTA long ad