citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालमा १४ अर्ब १० करोड रुपैयाँ बढीको स्मार्टफोन आयात

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिना मंसिरसम्म नेपालमा १४ अर्ब १० करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो ५ महिनाको अवधिमा उक्त मूल्यबराबरको स्मार्टफोन आयात भएको हो। विदेशबाट १५ लाख सेट मोबाइल फोन आयात भएको विभागको तथ्यांकले देखाउँछ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएको छ। यो ५ महिनामा चीनबाट १० अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको विभागले जनाएको छ।

चीनपछि भारतबाट सबैभन्दा बढी स्मार्टफोन भित्रिएको छ। भारतबाट यो ५ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँबराबरको स्मार्टफोन भित्रिएको छ।

विश्वका ४९ वटा देशबाट नेपालमा स्मार्टफोन आयात हुने गरेको तथ्यांकले देखाउँछ।

himalayan life insurance
igi long