सुजल फुड्सले २ अर्ब ३ करोडको व्यापार गर्यो
काठमाडौं । सुजल फुड्स प्रा.लि.ले २०२२/२३ मा २ अर्ब ३ करोड ८० लाख (प्रोभिजनल) रुपैयाँको व्यापार गरेको छ ।
यो गत वर्षको भन्दा ७.७१ प्रतिशतले धेरै हो । कम्पनीले सन २०२२ मा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
त्यसैगरी, सन् २०२१ मा १ अर्ब ८० करोड, २०२० मा १ अर्ब ४६ करोड र २०१९ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । यस कम्पनीले कुल ८८ करोड ७७ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।
जसमध्ये ,दीर्घकालिन १२ करोड ७७ लाखका लागि ‘इक्रा एनपी एलबीबी’ रेटिङ पाएको छ । यता, सर्ट ट्रम ३९ करोड र ३७ करोडका लागि एजेन्सीले ‘इक्रा एनपी ए४’ प्रदान गरेको छ ।
यो कम्पनी सन् १९९५ मा स्थापन भएको हो । यसले ललीपप, क्यान्डी, टफी लगायत चोकोफन पनि उत्पादन गर्छ ।





















