stcnepal long ad
ime life insurance
national life
global ime bank long

भिभोको वाई २७ एस नेपालमा सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ एस नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार पर्फमेन्स र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको कम्पनीको दाबी छ ।

अल्ट्रा–स्लिम डिजाइनमा आउने वाई २७ एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुनेछ । यस स्मार्टफोनको लञ्चसंगै भिभोले #vivoCoolAmbassador अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्नेछन् ।

वाई२७एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ ।

यसबाहेक, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ ।

भिभोको वाई सिरिजले उपभोक्ताको आवश्यकताहरू पूरा गर्न अथक प्राविधिक आविष्कारहरु गर्दै आइरहेको छ । यो नयाँ स्मार्टफोनले सुन्दर क्षणहरू सहजै कैद गरेर अतुलनीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

पर्फमेन्श वृद्धि गर्न प्रतिबद्ध, भिभोले प्रयोगकर्ताहरूको निरन्तर विकासशील आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ र यसका लागि अत्याधुनिक प्रविधिमा केन्द्रित रहेको छ ।

अझै उत्साह थप्दै, हामीले प्राविधिक उत्कृष्टता रोज्ने र आफ्नो रचनाहरु मार्फत आफुलाई अभिव्यक्ति गर्न रुचाउने हाम्रो प्रशंसकहरूका लागि #vivoCoolAmbassador अभियान ल्याएका छौं,” भिभो नेपालका जनरल म्यानेजर माईकल भन्छन् ।

स्लिक कर्भ र जीवन्त रंगहरू–बरगन्डी ब्ल्याक र डाइमण्ड टेक्सचर भएको गार्डेन ग्रीनमा उपलब्ध यस फोनले सबैको ध्यान तान्छ । यसको २.५डी फ्ल्याट फ्रेम र अल्ट्रा स्लिम डिजाइनले दुवै कार्यक्षमता तथा एस्थेटिक अपील सुनिश्चित गर्दछ ।

सहज र सुरक्षित पहुँचको लागि डिजाइन गरिएको यस फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सुविधा रहेको छ ।

वाई २७ एसमा ५० एमपी एचडी मेन क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी एचडी फ्रन्ट क्यामेरा लगायतका अत्याधुनिक सुविधाहरू समावेश छन् जसले अतुलनीय फोटोग्राफी अनुभव प्रदान गर्दछ ।

यसको साथै फोनमा स्टाइलिश पोट्र्रेट, बोकेह फ्लेयर पोट्र्रेट र डबल एक्सपोजर विशेषताहरू छन् । यो फोनको क्यामेराले सबै अपेक्षाहरू पार गर्दै, एक बेजोड फोटोग्राफी अनुभव प्रदान गर्दछ ।
#vivoCoolAmbassador अभियानद्वारा कम्पनीले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न आमन्त्रित गरेको छ।

सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् ।

यस बाहेक, वाई २७ एस खरिद गर्ने पहिलो ५००० ग्राहकहरुले निःशुल्क इयरबडहरू प्राप्त गर्नेछन् । यो अभियान ११ डिसेम्बर २०२३ देखि शुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध रहनेछ ।

यो स्मार्टफोन उपभोक्ताहरूका लागि २४,९९९ रूपैयाँको मूल्यमा भिभोका रिटेल आउटलेटहरू र इकमर्स प्लेटफार्महरूमा उपलब्ध हुनेछ

prabhu mahalaxmi
kumari