कोका–कोला बेभरेजेज नेपालको “कोक बडी” एप सार्वजनिक

काठमाडौँ । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ“कोक बडी” एप लन्च गरेको छ ।
रिटेलरहरूले कुनै पनि समयमाकुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरू मार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो ।
नेपालभरका २५६ वितरकहरू र १५६,००० आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाकाउत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।
कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ ।
यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहजअनुभवप्रदान गर्ने लक्ष्य राखेको छ ।
बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डिरेक्टर दीपकनाथ सेन्थिलले भन्नुभयो, “हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ ।
अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमानिर्भर यस उद्योगको लागिवर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिनमिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो ।
यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवादिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशालिएका छौँ ।”
अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवलप्ले–स्टोर वा एप–स्टोरमागएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमादर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्छन् ।
त्यसपछि उनीहरूले अफुले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ ।
हाम्रा आउट्लेटहरुको डिजिटल एक्स्पिरियन्सलाई अझै सुधार गर्न र उनीहरुको कार्य विधीलाई अझै प्रभावकारी बनाउनहामीले क्युआर कोडबाट मात्रभुक्तानिहरु लिने निर्णय गरेका छौँ ।
त्यस्तै कोका–कोला बेभरेजेज नेपालकाकमर्सियल डिरेक्टर युनुस रियादीले भन्नुभयो, “सुविधाजनक रुपमा अर्डर गर्ने एप – कोक बडी विशेष रूपमाहाम्रा रिटेलरहरूका लागि तयार पार्दा हामी धेरै उत्साहित छौँ । यस एप मार्फत अब तपाईंहरुले कोका–कोलाको कुनै पनि पेय पदार्थहरू जुनसुकै समयमा र जहाँपनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुनेछ ।
चाँडो अर्डर गर्न मिल्नुको साथै यस एपले तपाईंहरूको खरिद व्यवहारमाआधारित प्रडक्ट रेकमेण्डेशन, कूलरका बारेमाप्रश्नहरूदेखि अन्य प्रमोशनल अफरद्वारा ग्राहक समर्थन पनिप्रदानगर्दछ। हामी आशा गर्दछौं कि अर्डर गर्ने यस नयाँ डिजिटलाइज्ड तरिकाको हाम्रा रिटेलरहरूले पुर्ण रुपमाआनन्दलिनुहुनेछ।”
कोक बडी एप प्रयोग गर्दाको आफ्नो अनुभवबारे काठमाडौंको वनस्थलीस्थित धौलागिरी मार्टका सञ्चालक विश्वास कर्माचार्यले भन्नुभयो, “मैले लामो समयदेखि कोका–कोलाका पेय पदार्थहरू बिक्रीगर्दै आएको छु।
यो नयाँकोक बडी एपले मलाई अर्डर गर्न अझै सहजभएको छ। यसले गर्दा मैले मेरा ग्राहकहरू र स्टोरकै अरु कामहरूमापनि बढी ध्यानदिनपाएको छु जसले गर्दा मेरो समयको पनि बचत भएको छ। साथै यो कोक बडी एपमार्फत मैले लेटेस्ट स्किमहरुको बारेमापनिजानकारी पाइरहेको हुन्छु र तुरुन्तै अर्डर गर्न पनि सक्छु।”
यस कोक बडी एपको मुख्यविशेषताहरु भनेको यसमार्फत जहाँबाट पनिजुन सुकै समयमापनिमात्र एक मिनेटमा अर्डर गर्न सकिन्छ ।
त्यस्तै यस एपमा रियल–टाईम अर्डर म्यानेजमेन्ट, इन्भेन्टरी ट्रयाकिङ गर्नुको साथै प्रमोशन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ ।
नेपालको अग्रणी एफएमसिजिमध्यको एक बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड आफ्ना भ्यालु चेनमा रहेका समस्त साझेदार डिस्ट्रिब्युटर र रिटेलरहरुको व्यापार सहजबनाउनको लागि कोक बडी एप लन्च गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ ।