macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

रियलमीको ‘दशैंतिहार उमङ्गःउपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कुटर र टेलिभिजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सर्वाधिकविश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैं तिहार उमङ्गःउपहारले सबै दंग’क्याम्पेनका विजेताहरू घोषणा गरेको छ ।

क्याम्पेनको बम्पर उपहारमा टिभिएस एन्टर्क स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो ।

न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफलभएका छन् ।

त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटोवासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चकोद्धप्कोनका टेलिभिजन जित्न सफल भएका छन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, “दैनिक, साप्ताहिक बम्पर पुरस्कारका सबै विजेताहरूलाई हामीहार्दिक बधाई दिन चाहन्छौँ ।

प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको छ, जसको लागि हामीलाई हाम्रा ग्राहकहरुले माया र साथ दिनु भएको छ । वहाँहरुको यो अटुट माया र विश्वासको लागि हामी हृदयदेखि नै आभारी छौँ ।

नेपालीहरुको महानपर्व दशैँ, तिहार, एवम् छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहारउमङ्गः उपहारले सबै दङ्ग क्याम्पेन ल्याएको थियो । यो क्याम्पेनअसोज २८ गतेदेखि कर्तिक २९ सम्म realmecampaigns.com जारी रहेको थियो।

यस क्याम्पेनमा सहभागीहुनको लागि ग्राहकहरूले realmecampaigns.com मा गएर आफुले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोनको मोडल र नाम दर्ता गर्नुपर्ने थियो।

himalayan life insurance
igi long
NTA long ad