बेलाको ‘दसैंको बहार, उपहार नै उपहार’
काठमाडौं । बेलाको कम्पनीले उपभोक्तालाई ‘दसैंको बहार, उपहार नै उपहार’ नामक योजना ल्याएको छ ।
हरेक सामान खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक सामग्री खरिदमा १०५ छुट गरिएको छ भने स्क्य्राच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ ।
बेलाको सामग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीको दाबी छ ।























