‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा पनि पाइने, ८ नयाँ फ्लेवरयुक्त चिया बजारमा उपलब्ध
काठमाडौं । नेपाल चिया विकास निगम लि. ले टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवरयुक्त चिया “टोकला गोल्ड लिफ टी ब्याग” अब इन्भेलपमा पनि बजारमा उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ सहित ८ वटा स्वादमा चियाहरु बजारमा उपलब्ध छन् । जसअनुसार टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी चिया रहेका छन् ।
यस्तै, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रीन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी समेत गरी ८ वटा फ्लेवरयुक्त चिया बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष भन्दा बढी अनुभव बटुलेको यस कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ सहित इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको हो ।
कम्पनीका अनुसार यो चिया भाटभटेनी, बीगमार्ट लगायतका नेपालभर चुनिएका केही प्रसिद्ध खुद्रा बिक्रेतामार्फत पनि बजारमा उपलब्ध गरिएको छ । यस ८ वटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य १६० देखि २२५ रुपैयाँसम्म निर्धारण गरिएको छ ।