citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । २०८३ मंसिर ०४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार रथी दर्जामा पदोन्‍नति हुनु भएका उपरथी श्री अनुपजंग थापालाई आज २०८३ मंसिर ०८ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।

प्रधान सेनापतिले सोही अवसरमा उपरथी दर्जामा पदोन्‍नति हुनुभएका सहायक रथी मनोज थापा लगायत सहायक रथी दर्जामा पदोन्‍नती हुनुभएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ तथा महासेनानी दर्जामा पदोन्‍नती हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो।

कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द एवम् अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।

IME Life
ofukuro
kumari