citizens life insurance long ad
stcnepal long ad

सरकारले सार्वजनिक बिदामा पनि आन्तरिक राजस्व कार्यालय खुला रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सार्वजनिक बिदा दिएको दिन पनि आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरू खुला राख्ने निर्णय गरिएको छ। आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक बिदा परे पनि राजस्वसँग सम्बन्धित कार्यका लागि कार्यालयहरू खुला रहने जानकारी दिएको हो ।

विभागका निर्देशक बुद्धि प्रसाद आचार्यका अनुसार कात्तिक ३० गते सोमबार सरकारले सार्वजनिक बिदा दिए पनि सबै आन्तरिक राजस्व कार्यालय खुला रहने भएको हो ।

कात्तिक मसान्तमा राजस्व परिचालनको हिसाबले उक्त दिन विशेष महत्त्व रहने भएकाले करदाताहरूलाई सहजता प्रदान गर्न कार्यालय खोल्न निर्देशन दिइएको हो।

कात्तिक मसान्त भएकोले गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधाको उपयोग गर्ने, बक्यौता फरफारक गर्ने तथा अन्तःशुल्कजन्य वस्तु निष्काशन गर्ने प्रयोजनका लागि करदाताहरूलाई सहजीकरण गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

सोही प्रयोजनका लागि राजस्व सङ्कलन गर्ने बैंकसँग समेत समन्वय गरी कार्यालय खुला राखी कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै कार्यालयहरूलाई निर्देशन दिइएको निर्देशक आचार्यले जानकारी दिए ।

IME Life
kumari