citizens life insurance long ad

सिद्धार्थ बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकको अग्राधिकार शेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिद्धार्थ बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको थियो।

त्यसपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेपछि आज नेप्सेमा सूचीकृत भएको हो।

कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। अब सिद्धार्थ बैंकको अग्राधिकार शेयर पनि भोलि बिहीबारबाट कारोबारमा आउनेछ।

यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। किनकि सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकरलगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

सिद्धार्थ बैंकको यो अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले नाफा भएको वर्ष मात्र ८.२५ प्रतिशत लाभांश पाउनेछन्।

IME Lifesidebar
kumari