citizens life insurance long ad

नेपाल टेलिकमको सेवाअवरुद्ध

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मिति २०८३/०६/०८ देखिको निरन्तरको हावाहुरी सहितको वर्षा र देशका धेरै स्थानमा गएको बाढी पहिरोका कारण सिर्जना भएको विषम परिस्थितिका कारण कम्पनीका कतिपय स्थानका सेवा अवरुद्ध हुन पुगेका छन्।

भारी वर्षा र पहिरोको कारणले यात्रामा भएको कठिनाई, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षात् र वादलका कारण सोलार साइटको न्यून प्रभावकारिताका कारण समेत कम्पनीले उपलब्ध गराइरहेको सेवा निरन्तरतामा कठिनाई हुन पुगेको छ।

प्राविधिक रुपमा सिस्टमबाट गर्न सकिने मर्मत सम्भारका कार्य तथा सम्भव भएका स्थानमा सेवाको मर्मत कार्य निरन्तर भइरहेको छ। मौसममा हुने सुधार क्रमसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिकहरु तयारी अवस्थामा रहनुभएको समेत जानकारी गराइन्छ।

यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ। वाढी, पहिरो र निरन्तर वर्षाको कारण सिर्जित यस कठिन अवस्थामा ग्राहकवर्गले देखाउनु भएको धैर्यताका लागि नेपाल टेलिकम आभार व्यक्त गर्दछ।

IME Lifesidebar
kumari