नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७४ कराेड लाख ७२ तीन अर्ब नाफा आर्जन गर्याे
ब्याज आय घटे पनि फि तथा कमिशन आय वृद्धि
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा दुई अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपियाँ नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मकाे अपरिस्कृत वित्तीय विवरण अनुसार यस बैंककाे नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३६.५८ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।
पछिल्लो समयमा देशमा आर्थिक मन्दि,समग्र अर्थतन्त्रमा आएकाे शिथिलत र बैंकले विभिन्न चुनौति झेल्दै आएकाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४ अर्ब २० करोड २६ लाख रुपियाँ गरेकोमा गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी घटेर १२ अर्ब ९८ करोड ८६ लाख रुपियाँ पुगेको छ ।
यद्यपि बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी भने अघिल्लो आर्थिक वर्षकाे दुई अर्ब २० करोड ३२ लाख रुपियाँबाट बढेर दुई अर्ब २३ करोड ४७ लाख रुपियाँ भएको छ । सोही आधारमा समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको सञ्चालन नाफा ६ अर्ब ७३ करोड १० लाख रुपियाँबाट घटेर चार अर्ब ३४ करोड ३१ लाख रुपियाँ भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपियाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिको अन्त्यसम्म ३४ अर्ब १२ करोड ८५ लाख रुपियाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख रुपियाँ रहेको छ ।
उक्त अवधिमा बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपियाँ निक्षेप संकलन गरेर ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपियाँ कर्जा लगानी गरेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी ८.०५ रुपियाँ र प्रतिसेयर नेटवर्थ १९७.७१ रुपियाँ रहको छ । बैंकको निष्कृय कर्जा ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ ।























