citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले विशेष पहल थालेको छ ।

प्राधिकरणले ‘Mobile Broadband Enhancement Plan (Nepal’s Road to 5G)’ को मस्यौदा तयार गरी सर्वसाधारण तथा सम्बन्धित सरोकारवालाबाट राय सुझाव मागेको हो ।

नेपालको दूरसञ्चार बजारको वर्तमान अवस्था, मोबाइल डाटा तथा सेवाको मागमा भइरहेको निरन्तर वृद्धि, अन्तर्राष्ट्रिय अभ्यास, सेवा प्रदायकबाट प्राप्त विवरण र विभिन्न सरोकारवालासँगको छलफलका आधारमा उक्त रणनीतिक मार्गचित्र तयार गरिएको प्राधिकरणले जनाएको छ ।

मस्यौदामा नेपालमा ५जी सेवा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने तथा मोबाइल ब्रोडब्यान्ड सेवाको गुणस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । यसका लागि अल्पकालीन र दीर्घकालीन योजना समेत प्रस्ताव गरिएको छ ।

प्राधिकरणले मस्यौदा तयार गर्ने क्रममा दूरसञ्चार सेवा प्रदायक, प्रविधि विज्ञ तथा अन्य सरोकारवालासँग छलफल गरेको जनाएको छ । अब सर्वसाधारणसहित सम्बन्धित सबै पक्षले मस्यौदामाथि आफ्नो राय तथा सुझाव दिन सक्नेछन् ।

प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक माध्यमबाट राय तथा सुझाव उपलब्ध गराउनुपर्नेछ । प्राप्त सुझावलाई अध्ययन गरी आवश्यक विषय समावेश गरेपछि मस्यौदालाई अन्तिम रूप दिइने प्राधिकरणले जनाएको छ ।

५जी प्रविधिको विस्तारसँगै उच्च गतिको इन्टरनेट, गुणस्तरीय मोबाइल सेवा र नयाँ डिजिटल प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणले तयार गरेको यो मार्गचित्रले नेपालको डिजिटल रूपान्तरण तथा दूरसञ्चार क्षेत्रको आगामी विकासको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

IME Life
kumari