stcnepal long ad
global ime bank long

अब घरबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने, ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब बैंकमा खाता खोल्न कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। ग्लोबल आइएमई बैंकले युवा लक्षित ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याउँदै घरबाटै डिजिटल रूपमा खाता खोल्ने सुविधा ल्याएको हो ।

राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) वा राहदानी (पासपोर्ट) भएका व्यक्तिहरुले बैंकमा उपस्थित नभई अनलाइनमार्फत खाता खोल्न सक्नेछन्।

आवेदन दिएलगत्तै खाता सञ्चालनमा आउनेछ भने घरबाटै मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्न सकिनेछ ।

जिरो ब्यालेन्समा खोल्न सकिने यस खातामा आकर्षक ब्याजदरका साथै पहिलो वर्ष मोबाईल बैंकिङ पूर्ण रूपमा निःशुल्क गरिएको छ।

डिजिटल बैंकिङलाई सहज, छिटो र झन्झटमुक्त बनाउने उद्देश्यले यो सेवा विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको बैंकले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari