काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ सेवा सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन निरन्तर प्रयास गर्दै आएको छ ।
बढ्दो साइबर जोखिम तथा डिजिटल ठगीबाट सुरक्षित रहन आवश्यक जानकारी प्रदान गर्न यस बैंकले साइबर सुरक्षा सचेतना सन्देश पठाउदै आएकाे छ । हाल केही व्यक्तिहरूले नेपाल बैंकको कर्मचारी बनेर फोन, WhatsApp, Viber, SMS, Email तथा अन्य डिजिटल माध्यमहरू मार्फत सम्पर्क गरी KYC अद्यावधिक, Mobile Banking Verification, ATM Card Renewal, Account Verification, मोबाईलमा APP राख्न लगाउने लगायतका विभिन्न बहानामा ग्राहकहरूलाई ठगी गर्ने प्रयास गरिरहेको पाइएको छ ।
यस्ता ठगी गर्ने व्यक्तिहरूले OTP, Password, PIN, Card Details, CVV तथा Mobile Banking Login Credentials माग्ने वा Screen Sharing गर्न आग्रह गरी ग्राहकका गोप्य विवरण प्राप्त गर्ने तथा त्यसको दुरुपयोग गरी अनधिकृत वित्तीय कारोबार गर्न सक्ने भएकाले यस प्रति विशेष सतर्क रहनु नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेकाे छ।
यस प्रकारका साइबर ठगीबाट सुरक्षित रहन अपनाउनुपर्ने महत्वपूर्ण सावधानी तथा सुरक्षा सुझावहरू प्रस्तुत गरि साइबर सुरक्षा सचेतना सामग्री पठाइ सचेतना जगाउने गरेको छ।
ग्राहकहरूले उक्त सामग्री ध्यानपूर्वक अध्ययन गर्नु पर्दछ। साथै आफ्ना परिवारका सदस्य, साथीभाइ तथा आफन्तहरूलाई समेत सम्प्रेशण गरी सुरक्षित डिजिटल बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्न सहयोग गरिदिनुहुन बैंकले ग्राहकहरूलाई अनुरोध गरेकाे छ ।
यदि कसैले नेपाल बैंकको कर्मचारी बनेर तपाईंका गोप्य बैंकिङ विवरण मागेमा वा कुनै शंकास्पद गतिविधि देखिएमा त्यस्ता व्यक्तिलाई कुनै पनि विवरण प्रदान नगर्नुहुन तथा घटनाको बारेमा यथाशिघ्र आधिकारिक माध्यमबाट नेपाल बैंकमा सम्पर्क गर्नुहुन पनि नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेकाे छ ।
बैंकले तपाईंको सतर्कता नै डिजिटल बैंकिङ्ग सुरक्षाको पहिलो आधार हो । सुरक्षित रहनुहोस,सचेत रहनुहोस भन्ने अनुराेध गरेकाे छ ।





















