stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिलबीच संस्थागत सहकार्य भएको छ। सहकार्यसँगै भिलमा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक आम्दानी हाम्रो पेमार्फत सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

हाम्रो पात्रोअन्तर्गत सञ्चालित हाम्रो पेले जारी गरेको विज्ञप्तिअनुसार नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूको भुक्तानीका लागि हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो।

यस सहकार्यले नेपाली क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ। यसबाट भुक्तानीका क्रममा हुने झन्झट, लामो प्रक्रिया तथा प्राविधिक जटिलता कम भई डिजिटल भुक्तानी प्रणाली थप सहज बन्ने विश्वास गरिएको छ।

नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेका बेला धेरै क्रिएटरले समयमै सुरक्षित र भरपर्दो भुक्तानी प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन्।

हाम्रो पे र भिलबीचको सहकार्यले यही समस्यालाई सम्बोधन गर्दै नेपाली क्रिएटरहरूको आम्दानी व्यवस्थापनलाई सहज बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

हाम्रो पात्रोकी अपरेसन्स डाइरेक्टर सुदिना गौतमले नेपालमा क्रिएटर इकोनोमी तीव्र रूपमा विस्तार भइरहेका बेला सुरक्षित, छिटो र सहज भुक्तानी सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण भएको बताइन्।

भिलसँगको सहकार्यले क्रिएटरहरूको आम्दानी प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुका साथै नेपालको डिजिटल व्यवसाय र क्रिएटर इकोनोमीलाई थप व्यवस्थित, समावेशी र पहुँचयोग्य बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

हाम्रो पे हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हो, जसले रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल भुक्तानीलगायतका डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

भिल भने एआई–सञ्चालित ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म हो। कम्पनीका अनुसार हाल विश्वका १२० भन्दा बढी देशका ४५० भन्दा बढी ब्रान्ड र ५ लाख ५० हजारभन्दा बढी भेरिफाइड क्रिएटर भिल प्लेटफर्ममा आबद्ध छन्।

IME Lifesidebar
kumari