stcnepal long ad
ime life insurance
national life
global ime bank long

११ महिनामा २१ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

बाह्य आम्दानीमा उल्लेख्य वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि जेठसम्मको अवधिमा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स मुलुक भित्रिएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव २ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ बराबर विप्रेषण प्राप्त भएको छ ।

यसअघि वैशाख महिनामा हालसम्मकै उच्च मासिक रेमिट्यान्स आप्रवाह देखिएको थियो । उक्त महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबर रकम भित्रिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । गत वर्षको जेठ महिनामा भने १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको थियो ।

अमेरिकी डलरमा गणना गर्दा पनि विप्रेषण आप्रवाह सकारात्मक देखिएको छ । समीक्षा अवधिमा डलरमा प्राप्त रेमिट्यान्स २९ दशमलव ६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर बराबर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा डलरमा आधारित विप्रेषण वृद्धि १२ दशमलव ८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६७ हजार २ सय ११ पुगेको छ । यसमध्ये संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको थियो ।

IME Lifesidebar
kumari