stcnepal long ad
ime life insurance
national life
global ime bank long

अबदेखि प्रहरीलाई १५-१५ दिनमा तलब, अर्धमासिक भुक्तानीको व्यवस्था मिलाउन निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूले अबदेखि महिनाको दुई पटक (अर्धमासिक रूपमा) तलब भत्ता पाउने भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलवार सार्वजनिक सूचनामार्फत मातहतका कार्यालयहरूलाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो। यसअनुसार कर्मचारीहरूले एकै पटक मासिक तलब पाउने सट्टा प्रत्येक १५ दिनको अन्तरालमा तलब प्राप्त गर्नेछन्।

कार्यालयले सबै बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई सोही बमोजिम कार्यान्वयन गर्न अनुरोध गरेको छ। साथै, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाईसमेत सम्बन्धित आर्थिक प्रणालीहरू सोही अनुसार व्यवस्थित गर्न/गराउन निर्देशन दिइएको छ।

IME Lifesidebar
kumari