समस्याग्रस्त दुई सहकारीका ऋणीको नाम सार्वजनिक
काठमाडौँ । समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका कुल १३२ जना ऋणीको नामावली सार्वजनिक भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हाम्रो नयाँ कृषि सहकारीका १२ जना तथा कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीको नाम सार्वजनिक गरिएको हो । समितिले २०८३ वैशाख २३ गतेको निर्णय अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ ।
समितिले साबिकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
साथै बाँकी ऋण तिर्न बाँकी रहेका ऋणीलाई शीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको समितिले जनाएको छ । समितिले तोकिएको समयभित्र ऋण नतिरेमा प्रचलित कानुन अनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।



























