stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष ‘टिभी प्याकेज’ र अफर सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ FIFA World Cup 2026 लाई मध्यनजर गर्दै IPTV ग्राहकहरूका लागि FIFA World Cup 2026 TV Package’ उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण IPTV ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नु हुनेछ ।

NITV ग्राहकहरूले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा OTP प्राप्त हुनेछ ।

सो OTP टीभी स्क्रिनमा Enter गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ । साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ ।

आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको Internet with Premium IPTV package नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले FIFA World Cup 2026 TV Package’ बोनसको रूपमा निःशुल्क प्राप्त गर्न सक्नु हुनेछ । उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्नु हुनेछ ।

नेपाल टेलिकम आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध छ । थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र वा आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरुमार्फत सम्पर्क गर्न सकिनेछ ।

IME Lifesidebar
kumari