citizens life insurance long ad
stcnepal long ad

सरकारले २९ जना सहसचिवको सरुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक २९ सहसचिवको सरुवा गरेको हो।

सूची अनुसार नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालय, लक्ष्मी पाण्डेय गौतमलाई गृह मन्त्रालय, कृष्ण पौडेललाई गृह मन्त्रालय, प्रदीप कुमार कोइरालालाई गृह मन्त्रालय, पवन कुमार तिमिल्सेनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, योगेन्द्र प्रसाद दुलालाई भूमि व्यवस्था मन्त्रालय र सुशील ढकाललाई भूमि मन्त्रालयमै सरुवा गरिएको छ।

त्यस्तै रामकुमार महतोलाई भूम व्यवस्था मन्त्रालय, रेशमलाल कँडेललाई कलैया उपमहानगरपालिका, राजेश्वर ज्ञवालीलाई प्रदेश प्रमुख कार्यालय कोशी प्रदेश, रोशन ज्ञवालीलाई मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश, बलराम निरौलालाई गृह मन्त्रालय, प्रदीपराज अधिकारीलाई आदिवासी जनजाति आयोग, युवराज अधिकारीलाई उद्योग मन्त्रालय, मोतिराम सापकोटालाई उद्योग मन्त्रालय र शिव प्रसाद रेग्मीलाई कृषि मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै बाबुराम गौतमलाई भूमि व्यवस्था मन्त्रालय, डा. पुष्पराज शाहीलाई गृह मन्त्रालय, बुद्धबहादुर गुरुङलाई उद्योग मन्त्रालय, कृष्णप्रसाद सापकोटालाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, भूपेन्द्र थापालाई गृह मन्त्रालय, हेमराज तामाङलाई युवा मन्त्रालय, विजयकुमार शर्मालाई विराटनगर महानगरपालिका, टेकबहादर वलीलाई हेटौंडा उपमहानगरपालिका, आरती न्यौपानेलाई भूमि व्यवस्था मन्त्रालय र वसन्त बहादुर बोहोरालाई बीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ।

IME Life
kumari