stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायबल समृद्धि योजना २ मा आवेदन दिने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले वैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना २’ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ८ गते) अन्तिम दिन रहेको छ।

यस योजनामा जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिए पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपश्चात निष्काशन बन्द गरिने भएको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्रीमा ल्याएको हो। रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिएको कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। यसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन पनि दिन सकिनेछ।

म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरेको छ।

prabhu mahalaxmi
kumari