stcnepal long ad
ime life insurance
national life
global ime bank long

नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीको छापा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । साथै उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवल लगायत महंगा ब्राण्डेड रक्सी समेत बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको विर्ख बहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरुमा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–२ बस्ने ३० वर्षीया मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीया विनोद तामाङ, २६ वर्षीया विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षिय छिदेन निमा तामाङ छन् ।

साथै सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ ।बराद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न सकिएको छैन ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

IME Lifesidebar
kumari