रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । पराजुली दलको उपनेतामा चयन भएको रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले जानकारी दिए । पराजुली काठमाडौंं–७ बाट निर्वाचित सांसद हुन् ।
०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आज बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाएको हो । बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकको जिम्मेवारी दिएको छ ।























