stcnepal long ad
global ime bank long

समानुपातिक सांसदसँग भोलि प्रधानमन्त्री शाहको अन्तरक्रिया

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका तर्फबाट प्रधानमन्त्रीले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा मध्याह्न १२ बजे सबै दलका समानुपातिक सांसदहरूसँग छलफल हुने जनाइएको छ।

कार्यक्रममा सहभागी सांसदहरूले आ–आफ्ना क्लस्टरअन्तर्गतका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा राख्नेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस अन्तरक्रिया मार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गर्दै नीति निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। यसअघि प्रधानमन्त्रीले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग पनि छलफल गरिसकेका थिए।

IME Lifesidebar
kumari