stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।

समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो। अर्याल आज प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।

 

prabhu mahalaxmi
kumari