stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सहकारी संस्थाको सर्वेक्षण सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालय र सहकारी विभागले सहकारी संस्थाको पहिलो पटक सर्वेक्षण गर्न सुरु गरेका छन् । केही वर्षदेखि सहकारी संस्था शिथिल भई अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा विभाग र कार्यालयले देशभरका सहकारी संस्थाको सर्वेक्षण सुरु गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ मा सहकारी संस्थामा भएगरेका कार्यको खटिएका गणकद्वारा सर्वेक्षण गरिने छ । चैत १९ देखि आगामी २०८३ असार १० भित्र सबै सहकारी संस्थाको सर्वेक्षण गर्नका लागि सातै प्रदेशका तथ्याङ्क कार्यालयबाट नियुक्त २७ जना गणकलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले पाँचदिने तालिम प्रदान गरिरहेको छ ।

सर्वेक्षणले उक्त आवमा देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन र प्रकाशन तथा वितरण र अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको मापन गर्न सहज हुने उद्देश्य लिइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी शरदकुमार शर्माले सहकारी संस्थाको पहिलो पटक सर्वेक्षण हुन लागेकाले सर्वेक्षणले सहकारी संस्थाको वास्तविक अवस्थाको जानकारी भई सरकारलाई आगामी दिनमा सोही अनुसार नीति निर्माण गरी कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।

सर्वेक्षणबाट कति सहककारी संस्था कति जोखिम अवस्थामा र कति जोखिमरहित छन् भन्ने यकिन तथ्याङ्क आउने विश्वास सहकारी विभाग र तथ्याङ्क कार्यालयले गरेका छन् ।

सर्वेक्षणका क्रममा गणकले स्थलगत रूपमा नै ५० करोड रुपियाँभन्दा बढी पुँजी भएका तीन हजार २२ सहकारी संस्थामध्ये ४६५ सहकारी संस्थाको स्थलगत सर्वेक्षण गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । खटिएका गणकले सहकारी संस्थाकै कार्यालयमा पुगी संस्थाका आधिकारिक व्यक्तिसँग विभागले बनाएको १३० वटाभन्दा बढी प्रश्न सोध्ने छन् ।

सहकारी सर्वेक्षणका लागि तयार गरिएको प्रश्नावली आठ वटा खण्डमा विभाजन गरिएको छ । जसमा सहकारी संस्थाको परिचयात्मक विवरण, सहकारी संस्थाको वर्गीकरण, संस्थाको सेयर पुँजी तथा अन्य कोष तथा दायित्व, संस्थानले प्रदान गरेको रोजगारी तथा पदाधिकारीको तलब, भत्ता र खर्च विवरण सम्बन्धी प्रश्नावली तयार गरिएको छ ।

त्यस्तै सहकारी संस्था सञ्चालन खर्चसम्बन्धी विवरण, कर, दस्तुर, शुल्क, सहयोग, जरिबाना सम्बन्धी विवरण, संस्थाको आम्दानी सम्बन्धी विवरण, वित्तीय विवरण, ऋण प्रवाह गरेका प्रमुख क्षेत्र, गत आवको मसान्तसम्म भएको चलअचल कुल सम्पत्ति, मौजाद सम्बन्धी प्रश्नावली र सहकारी संस्थाको उत्पादनको हिस्सासँग सम्बन्धित प्रश्न सोधिने गरी प्रश्नावली तयार गरिएको छ । देशभर ३२ हजार ९६५ वटा सहकारी संस्था रहेको जनाइएको छ ।

prabhu mahalaxmi
kumari