stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१३ जना सहायक रथीहरूको सरूवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाले एक दर्जनभन्दा बढी एकतारे सहायक रथीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। गत चैत ११ गतेदेखि लागू हुने गरी १३ जना सहायक रथीलाई नयाँ जिम्मेवारीमा खटाएको सैनिक स्रोतले बताएको छ।

प्राप्त विवरण अनुसार नम्बर २५ बाहिनी अड्डाका सहायक रथी भूवनपूर्ण सत्याललाई पूर्वी पृतना हेडक्वार्टरमा, सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयका रामकाजी थापालाई सोही निर्देशनालयमा कायम मुकायम दिँदै निमित्त निर्देशक बनाइएको छ।

त्यस्तै पश्चिम पृतना हेडक्वार्टरका निमित्त निर्देशक राजेन्द्र श्रेष्ठलाई शोध तथा विकास निर्देशनालयमा निमित्त निर्देशक, नम्बर २३ बाहिनी अड्डाका अर्जुन खड्कालाई सैनिक अभिलेखालयमा निमित्त अभिलेखालयपतिमा,नम्बर ६ बाहिनी अड्डाबाट सहायक रथी सुवासजंग थापालाई सैनिक तालिम महानिर्देशनालयमा, नम्बर ३ बाहिनी अड्डाका अमृतकाजी गुरुङलाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा निमित्त निर्देशकको जिम्मेवारी दिइ सरूवा गरिएको छ।

यस्तै पूर्वी पृतना हेडक्वार्टरका युवराज कार्कीलाई वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निमित्त निर्देशक,नम्बर २६ बाहिनी अड्डाका निर्जलबहादुर अधिकारीलाई असवाव निर्देशनालयको निमित्त निर्देशक, शोध तथा विकास निर्देशनालयका सन्तोष कार्कीलाई नम्बर ३ बाहिनी अड्डामा निमित्त वाहिनीपति, असवाव निर्देशनालयका उज्वल राणालाई नम्बर ६ बाहिनी अड्डामा निमित्त वाहिनीपति तथा मध्य पृतना हेडक्वार्टरका बिजितराज रेग्मीलाई नम्बर २५ बाहिनी अड्डाको वाहिनीपतिमा सरूवा गरिएको छ।

यसैगरि उपत्यका पृतना हेडक्वार्टरका विजय केसीलाई नम्बर २३ बाहिनी अड्डामा निमित्त वाहिनीपति तथा सैनिक अभिलेखालयका भीमशंकर वनलाई नम्बर २६ बाहिनी अड्डामा निमित्त वाहिनीपतिको जिम्मेवारी दिने गरि सरूवा गरिएको सैनिक स्रोतले बताएको छ।

prabhu mahalaxmi
kumari