citizens life insurance long ad
stcnepal long ad

बालेन शाहलाई दल नेता छान्न आज रास्वपा केन्द्रीय समिति बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ।

बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपाले चुनाव अगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो।

संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार २ः०० तय गरेको छ। लगत्तै रास्वपाको केन्द्रीय समिति बसेर विधानको व्यवस्थाबारे छलफल गर्न लागेको हो।रास्वपाको मौजुदा विधानको धारा ६६ (८) को क र खमा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था छ।

विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ।

यसलाई परिमार्जन गरेर वरिष्ठ नेतालाई दल नेता प्रस्ताव गर्ने कार्यसूची रहेको रास्वपाका नेताहरूले बताएका छन्।हालै भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत प्राप्त गरेको थियो।

IME Life
kumari