stcnepal long ad
global ime bank long

अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थशास्त्री केशव प्रसाद आचार्यको सोमबार निधन भएको छ। मस्तिष्कघात भएपछि चाबहिलस्थित मेडिकेयर अस्पताल हुँदै थप उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका आचार्यको उपचारकै क्रममा ज्यान गएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल लगिएको थियो।

७२ वर्षीय आचार्यलाई मंगलबार बिहान घरमै असहजता महसुस भएको थियो। पूजा गर्न फूल टिपेर फर्किएपछि आराम गर्ने क्रममा उनी बेहोस भएपछि परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि अवस्था जटिल बनेकाले उनलाई थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल सारिएको थियो।

आचार्यले नेपाल राष्ट्र बैंक मा करिब तीन दशक सेवा गरेका थिए भने अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत अनुभव हासिल गरेका थिए। उनी दुई पटक अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए।

IME Lifesidebar
kumari