stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चैत्र १२ गते प्रतिनिधि सभा सदस्यहरूको सपथ हुने

बालेन्द्र शाहको नेतृत्वमा १८ सदस्यीय सरकार बन्ने !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूलाई संघिय संसद सचिवालयले यही चैत्र १२ गते दिउँसो २ बजे संसद सचिवालयको नयाँ भवनको बहुउद्देश्यीय सभाहलमा पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ।

त्यसअघि प्रतिनिधि सभा सदस्यहरूलाई सपथ गराउन प्रतिनिधि सभा सदस्यको सबै भन्दा जेष्ठ सदस्य नेपाली कांग्रेसका समानुपातिक प्रणालीबाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीलाई चैत्र ११ गते ११:१५ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भैसकेको छ। सांसद केसीले विधिवत रूपमा प्रतिनिधि सभा सदस्यहरूलाई सपथ खुवाउने र सभा सञ्चालन गर्ने भएका छन।

चैत्र १२ गते प्रतिनिधि सभा सदस्यहरूलाई नयाँ संसद भवन सिंहदरबार भित्रको बहुउद्देश्यीय सभाहललाई अस्थायी रूपमा बैठक हलका रूपमा तयार पारिएको छ। यस हलमा कार्पेट बिछयाउने,आवश्यक सिट संख्या जडान गर्ने,माइक जडान गर्ने,साउण्ड सिष्टम जडान गर्ने,रोष्टम बनाउने,संसदका सचिव,महासचिव,सभा अध्यक्ष बस्ने स्थान,सभामुख– उपसभामुख बस्ने स्थान लगायतका सम्पुर्ण व्यवस्था मिलाइसकिएको छ।

संघिय सचिवालयका महासचिव पदम प्रसाद पाण्डे,सचिवहरू,नेपाल प्रहरीको कार्य विभाग प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की लगायतले सभाकक्ष हलको अनुगमन गरिसकिएका छन।

प्रतिनिधि सभा बैठक हलका रूपमा २०६५ सालदेखि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवनमा गत भदौ २३ र २४ को जेन( जी आन्दोलनबाट तोडफोड र आगजनी भएको र त्यसलाई समयमै पुनर्निर्माण नगरिएकाले प्रतिनिधि सभाको बैठक बस्ने नयाँ उपयुक्त हलको खोजि भैरहेको थियो।

२०७५ सालदेखि निर्माण भैरहेको नयाँ संसद भवनको निर्माण कार्य नसकिदा बहुउद्देश्यीय सभाहललाई अस्थायी रूपमा छिटो निर्माण सम्पन्न गरि प्रतिनिधि सभा बैठक सञ्चालन गर्ने गरि अस्थायी रूपमा विकास गरिएको छ। नयाँ संसद भवनको प्रतिनिधि सभा बैठक कक्षको निर्माण सम्पन्न नहुन्जेलसम्म त्यही बहुउद्देश्यीय सभाहलमा प्रतिनिधि सभा बैठक सम्पन्न हुनेछ।

शहरी विकास मन्त्रालयले यही आर्थिक वर्ष २०८३ असार मसान्तसम्ममा नयाँ संसद भवन निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनी तुदी कन्ट्रक्सनले काम गरिरहेको शहरी विकास मन्त्रालय स्रोतले बताएको छ।

समयमा नयाँ संसद भवन निर्माण सम्पन्न नहुँदा राष्ट्रिय सभाको बैठक कृषि समितिको बैठक हलमा सञ्चालन गरिएको थियो। नयाँ भवन सम्पन्न नहुन्जेलसम्म राष्ट्रिय सभाको बैठक त्यही हुने भएको छ।

यही चैत्र १२ गते प्रतिनिधि सभा सदस्यहरूले सपथ लिएपछि रास्वपाको संसदीय दलको बैठक त्यसैदिन बस्ने र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई निर्विरोध दलको नेता चयन गर्ने तयारी गरेको छ।

त्यसपछि नेपालको संविधान २०७२ को धारा ७६९१० अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता बालेन्द्र शाहलाई चैत्र १३ गते प्रधानमन्त्रीमा नियुक्त गर्ने छन। निजको अध्यक्षतामा मन्त्रीपरिषद गठन हुनेछ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सोही दिन १५ देखि १८ सदस्यीय मन्त्रीमण्डल गठन गरेर सपथग्रहण गराउने तयारी गरिरहेका छन। अहिले रास्वपाका सभापति रवी लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह,उप–सभापति डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले मन्त्रीमण्डल गठन र सरकारको भावी कार्यक्रमका बारेमा व्यापक छलफल गरिरहेका छन।

रास्वपामा मन्त्री बन्न केन्द्रीय सभापति तथा चितवन २ का सांसद रवी लामिछाने,पार्टीका उपसभापति तथा काठमाडौं ९ का सांसद डिपी अर्याल, तनहुँ १ का सांसद स्वर्णिम वाग्ले, काठमाडौं ३ का सांसद राजुनाथ पाण्डे, ललितपुर २ का सांसद जगदिश खरेल, ३ कि सांसद डा. तोसिमा कार्की, चितवन ३ कि सांसद सविता गौतम, रूपन्देही १ का सांसद सुनिल लम्साल, २ का सांसद सुलभ खरेल,३ का सांसद डा. लेखजंग थापा,सर्लाही ४ का सांसद डा. अमरेश कुमार सिंह,गुल्मी १ का सांसद सागर ढकाल, समानुपातिक सांसदहरू लिमा अधिकारी, रिमा विश्वकर्मा, झापा १ कि सांसद निशा डागी,२ कि सांसद इन्दिरा राना मगर,धनुषा ३ का सांसद मनिष झा, दाङ २ का सांसद विपिन कुमार आचार्य, भक्तपुर २ का सांसद राजिव खत्री, सिरहा १ का सांसद बब्लु गुप्ता, मोरङ १ का सांसद यज्ञमणी न्यौपाने, ३ का सांसद गणेश कार्की, काठमाडौं ६ का सांसद शिशिर खनाल, ७ का सांसद गणेश पराजुली, ८ का सांसद विराज भक्त श्रेष्ठ, गोरखा १ का सांसद सुधन गुरूङ,२ का सांसद कबिन्द्र बुर्लाकोटी, काभ्रे १ का सांसद मधु कुमार चौलागाई,  बाँके ३ का सांसद खगेन्द्र सुनार, डडेल्धुराका सांसद तारा प्रसाद जोशी, सिन्धुली २ का सांसद आशिष गजुरेल, ओखलढुंगाका सांसद विश्वराज पोखरेल लगायतका सांसदहरू भावी बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्री बन्ने कसरतमा लागेका छन।

तर सभापति लामिछाने,वरिष्ठ नेता शाह,उपसभापति अर्याल र वाग्लेले कसलाई मन्त्री बनाउछन भन्ने टुंगो लगाएपनि नाम सार्वजनिक गरेका छैनन। करिव एक दर्जन भावी मन्त्रीको नाम पार्टी हाइकमाण्डले याक एण्ड यति होटलको गोप्य बैठकमा तय गरिसकेको चर्चा छ।

prabhu mahalaxmi
kumari