citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्याको समाधान गर्न ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

प्रयोगकर्तालाई उच्च गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

डिजिटल प्रयोग बढ्दै जाँदा घरभित्र धेरै उपकरण एकैसाथ सञ्चालन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यो प्रविधि डिजाइन गरिएको हो । पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने भएकाले यसले लेटेन्सी न्यून बनाउने कम्पनीको दाबी छ । यसले गर्दा एउटै समयमा घरका विभिन्न सदस्यले भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र कार्यालयको काम गर्दा पनि समस्या नआउने जनाइएको छ ।

कम्पनीले २५० एमबीपीएस देखि ६०० एमबीपीएस सम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेज उपलब्ध गराएको छ । २५० एमबीपीएस गतिको वार्षिक योजना रु १३,८०० ९भ्याटसहित० मा उपलब्ध हुने बताइएको छ । यस योजनाअन्तर्गत वार्षिक सदस्यता लिने ग्राहकलाई थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ ।

घरभर समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले रु ३,५०० ९भ्याटसहित० मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ । साधारण राउटरले बाक्ला भित्तावाला वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल नपुर्‍याउने समस्यालाई मेस प्रणालीले समाधान गर्ने विश्वास कम्पनीको छ ।

पुराना ग्राहकका लागि कम्पनीले अपग्रेड प्रक्रिया पनि सहज बनाएको छ । विद्यमान प्रयोगकर्ताले रु ५०० शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् ।

IME Life
kumari