stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिदामा घर आएकाको पुनः श्रम स्वीकृति सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसियाली) का सात वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेको छ ।

श्रम मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको हो ।

श्रम मन्त्रालयले पश्चिम एसियालीको प्रभाव कम भएसँगै सात देशमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको छ । घर बिदामा आएका नेपाली श्रमिकलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ । पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो ।

श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृति स्थगनको निर्णयलाई निरन्तरता दिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले कम जोखिम भएका देशमा बिदामा आएका र गन्तव्य देशमा सुरक्षित तरिकाले काम गरेका श्रमिकलाई पुनः श्रम स्वीकृति दिर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यो निर्णय परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा गरिएको पनि प्रवक्ता घिमिरेले जानकारी गराउनुभयो । उहाँका अनुसार नयाँ श्रम श्रवीकृति लिएर जानेको हकमा पनि बिस्तारै परिस्थिति हेरेर निर्णय गरिने छ ।

करिब दुई हजार जनाको रोजगारी ठप्प

युद्धका कारण खाडीका देशसहित युरोपबाट नेपालीका लागि आउने रोजगारीको अवसर रोकिएको छ । युद्ध सुरु भएपछि खाडीका देश र युरोपेली देशबाट थप नयाँ रोजगारीको अवसर नआएको वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष रोहन गुरुङले अहिले मलेसियाबाहेक खाडीका देश, इजरायल, टर्कीसहित युरोपका देशमा पनि पठाउन नसकेको बताउनुभयो ।

उहाँका अनुसार कुनै पनि देशबाट नेपालीका लागि आउने रोजगारीको अवसर सम्बन्धित देशमा रहेका नेपाली दूतावासले जाँचबुझ गरी प्रमाणीकरण गर्नु पर्छ तर युद्धका कारण अहिले खाडीका देशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको कार्य स्थगित गरेका छन् ।

झन्डै ७३ हजारले टिपाए विवरण

नेपालीको मुख्य श्रम गन्तव्य देशमा युद्ध चर्किएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले गएको फागुन १९ गतेदेखि अनलाइन पोर्टल नै बनाएर त्यहाँ रहेका नेपालीको विवरण सङ्कलनको काम गर्दै आएको छ । जसमार्फत अहिलेसम्म झन्डै ७४ हजार जनाले आफ्नो विवरण टिपाएका छन् । विवरण टिपाउनेमध्येमा यसअघि पाँच हजार जनाले आफू असुरक्षित भएको जनाएका थिए ।

मन्त्रालयका अनुसार उनीको विवरण पाएपछि सम्बन्धित देशमा रहेको नेपाली दूतावासले फोन, इमेल जस्ता माध्यममार्फत सम्पर्क गर्ने काम गरेको छ । ती नागरिक त्यो समयमा असुरक्षित महसुस गरेको भए पनि अहिले भने सुरक्षित रहेको भन्ने जानकारी मन्त्रालयमा आएको जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र भण्डारीले सरकार आवश्यक परे पानीजहाज भाडामा लिएर भए पनि जोखिममा रहेका नेपालीको उद्धार गर्ने तयारीमा रहेको जानकारी दिनुभयो तर अहिलेसम्मको विश्लेषणले त्यस्तो अवस्था नआउने उहाँको बुझाइ छ ।

उहाँका अनुसार अहिलेसम्मको अवस्थाले खाडीका देशबाट नेपालीको तत्काल उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन ।

prabhu mahalaxmi
kumari