चुनावी हारको जिम्मेवारी लिँदै कांग्रेस सभापति थापाले राजीनामा दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका हुन्। राजीनामाको विषयमा अब शुक्रबार बस्ने केन्द्रीय समितिमा बैठक हुनेछ र स्वीकृत गर्ने-नगर्ने निर्णय गर्नेछ।
सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। फागुन २१ गते भएको प्रतिनिधि सभा चुनावमा उनी सर्लाही-४ बाट पराजित भएका थिए। उनीसँगै चुनावमा उठेका सबै पार्टी पदाधिकारी पराजित भएका थिए।
गगन हालैमात्र विशेष महाधिवेशनबाट सभापति चुनिएका हुन्। विशेष महाधिवेशनको वैधतालाई लिएर शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको छ । यो मुद्दा अहिले विचाराधिन छ।

























