stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सम्झौता सकिएका विज्ञापन धमाधम हटाउँदै काठमाडौं महानगर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सम्झौता अनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।

सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेकामा सम्झौता सकिएपछि २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको हो ।

महानगरले विसं २०६९ भदौ १४ मा प्रालिसँग पहिलोपटक सम्झौता गरेकामा विसं २०७१ चैत २६ मा पहिलोपटक र २०७८ साल साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

“सम्झौताबमोजिम नभएपछि विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौं”, उनले भने, “विज्ञापन हटाउने क्रमलाई निरन्तरता दिइनेछ ।”

पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए ।

“विसं २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाएको छैन । हालसम्मको १६ लाख १३ हजार २२४ बुझाउन बाँकी रहेको छ”, उनले भने,“आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० र आर्थिक वर्ष २०८०/८१ मा प्रतिस्क्वायर फिट एक हजार पुगेको थियो ।”

कोइरालाका अनुसार विज्ञापन कर १५ लाख ८३ हजार ९३९ र नपुग रोयल्टी २९ हजार २८५ दाखिला हुन बाँकी छ ।

prabhu mahalaxmi
kumari