stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मनकामनामा नयाँ सोल्टी वेस्टेन्ड रिसोर्ट सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सोल्टी होटेल्स एन्ड रिसोर्ट्सले गोरखाको मनकामनामा नयाँ सोल्टी वेस्टेन्ड रिसोर्ट सञ्चालनमा ल्याएको छ । मनकामना मन्दिरबाट पाँच मिनेटको पैदल दुरीमा थपिएको यो पछिल्लो रिसोर्टले तीर्थयात्री, बिदा मनाउने, साहसिक पर्यटक कर्पोरेट पर्यटक, कार्यक्रम र पारिवारिक आवश्यकता पूरा गर्ने जनाइएको छ ।

मनोरम पहाडी दृश्यसहित शान्त पहाडबिचमा बनेको ५१ कोठाको रिसोर्टमा पाहुनाले आधुनिक आरामदायी र ध्यानका लागि पनि उपयोगी आध्यात्मिक निकटता अनुभव गर्न सक्ने सोल्टीको विज्ञप्तिमा उल्लेख छ । रिसोर्टका कोठा र सुइट रुमबाट मन्दिर र वरपरको परिदृश्यको अवलोकन गर्न सकिन्छ । रेस्टुरेन्ट, स्टाइलिस लबी बार, पुल साइड सेवा समावेश छ ।

सोल्टीले स्वास्थ्यलाई केन्द्रमा राखेको जनाएको छ । त्यसका लागि रिसोर्टमा पूर्ण सुसज्जित फिटनेस सेन्टर, स्पा, खुला योग डेक, छुट्टै बेबी पुल भएको स्विमिङ पुल, बच्चाका लागि मनोरञ्जन क्षेत्र, जगिङ ट्र्याक र प्राकृतिक पदयात्राका सेवा रहेका छन् ।

नेपालको एक मात्र स्वदेशी पाँचतारे होटेल शृङ्खलाका रूपमा सोल्टी होटेल्स एन्ड रिसोर्टसले अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डलाई कायम राख्दै सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari