stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इपिएस रोस्टरको समय परिवर्तनको सम्भावना कम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जान ‘रोस्टर’ मा परेर जान नपाएका १२ हजार नेपाली श्रमिकको समय परिवर्तन हुने सम्भावना कम भएको बताइएको छ ।

कोरियास्थित नेपाली दूतावास र कोरियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयका प्रतिनिधि र रोजगारदाताबिच शुक्रबार कोरियामा भएको औपचारिक छलफलबाट रोस्टरको समय परिवर्तन हुने सम्भावना कम देखिएको हो ।

नेपालका तर्फबाट कोरियामा रहेको नेपाली दूतावासले नेपाली श्रमिकका लागि एक पटकलाई रोस्टरको समय थप गर्न आग्रह गरेकोमा कोरिया पक्षले भने १७ देशमा एउटै नियम लागु हुने भएकाले नेपालका लागि मात्रै समय परिवर्तन गर्न नसक्ने जनाएको छ ।

कोरियास्थित नेपाली दूतावासका श्रम काउन्सिलर मैया कँडेलले इपिएस भाषा र सिप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपालीका लागि एक पटकलाई रोस्टरको समय परिवर्तन गर्न धेरै आग्रह गर्दा पनि त्यो सम्भव नदेखिएको जानकारी दिनुभयो । नेपालमा भने रोस्टरमा रहेको युवाले समय थप गरेर आफूहरू कोरिया जान पाउनुपर्ने भन्दै आन्दोलन तथा धर्ना गरिरहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत कोरियाली पक्षसँग छलफल गरेर इपिएस प्रणालीमा देखिएका समस्या सम्बोधन गर्न नेपाली टोली दक्षिण कोरिया जाने तयारी भइरहेकाले आन्दोलन नगर्न आग्रह गर्दै आएको छ ।

रोस्टर अवधि थप्नुपर्ने, रोस्टरमा भएको ९० प्रतिशतको रोजगारी सुनिश्चित गर्नुपर्ने आदि माग उनीहरूका छन् । यसै गरी ‘फस्र्ट कम फस्ट सर्भ’ अनुसार इस्युको प्रबन्ध मिलाउने, रोस्टरमा रहेकालाई प्रथम प्राथमिकता दिई दोस्रो चरणको परीक्षा गराउने, क्षेत्र परिवर्तनलगायतका माग पनि राखिएका छन् ।

prabhu mahalaxmi
kumari