stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित

१ अर्ब ६१ करोड नाफा कमायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आजै प्रकाशित गरको छ। बैंकले प्रकाशित गरेको सोही वित्तीय विवरण अनुसार यस बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो।

बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्म भने २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४३ प्रतिशतले घट्न पुगेको छ। कर्जाको मागमा कमी आएको र छोटो अन्तरालमै ब्याजदरमा परिवर्तन हुँदा बैंकले अपेक्षित नाफा कमाउन नसकेको हो।

जेनजी आन्दोलनपछि उत्पन्न राजनैतिक अस्थिरता र आर्थिक अनिश्चितताका कारण बैंकको खुद ब्याज आम्दानी पनि घट्न पुगको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा झरेको छ।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानीमा पनि गिरावट देखिएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस बैंकले ९ अर्ब १ करोड २२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।

आम्दानीमा गिरावट आएपछि बैंकको सञ्चालन नाफामा पनि गिरावट देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ अर्ब ४ करोड ३३ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकको चालू आवको पुस मसान्तसम्म भने घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ। नाफा घटेपछि बैंकको प्रतिशेयर आम्दानी पनि १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा झरको छ।

त्यसैगरी गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको पुस मसान्तसम्म बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ।

यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३ अर्ब ६१ करोड १० लाख रुपैयाँ ऋणात्मक भए पनि रिजर्भ कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ। यस बैंकले ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

prabhu mahalaxmi
kumari