stcnepal long ad
ime life insurance
global ime bank long

प्रिमियर डिस्टिलरीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रिमियर डिस्टिलरीले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ सेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

सम्झौतामा प्रिमियर डिस्टिलरीका सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्।

२०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना भएको प्रिमियर डिस्टिलरी नेपालको सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगमध्येमा पर्छ ।

कम्पनीले भोड्का, ह्वीस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आएको छ । कम्पनीबाट ‘द हिमालयन रिजर्भ’ ह्वीस्की र भारतको मोहन मिकिनसँग फ्रेन्चाइज सम्झौताअन्तर्गत ओल्ड मंक रमसहित अन्य विभिन्न ब्रान्ड उत्पादन हुँदै आएका छन् ।

prabhu mahalaxmi
kumari